लम्बाइ कम हुँदा चिन्ता मान्ने साढे १५ हजार पुरुषहरुले लिङ्ग लामो पारे !

आफ्नो गुप्तांगको लम्बाइ कम हुँदा चिन्ता मान्ने पुरुषहरु धेरै छन् । त्यसैले गएको वर्ष सन् २०१३ मा विश्वभरमा १५ हजार ४ सय १४ जनाले शल्यक्रिया गरी आफ्नो लिंगको आकार बढाएका छन् ।

इन्टरनेसनल सोसाइटी अफ एस्थेटिक प्लास्टिक सर्जरीले सार्वजनिक गरेको रिपोर्ट अनुसार सर्जरी गरेर लिंग बढाउने मामिलामा जर्मनहरु सबैभन्दा अगाडि देखिएका छन् ।

रिपोर्ट अनुसार गत वर्ष जर्मनीमा २ हजार ७ सय ८६ जना पुरुषले शल्यक्रिया गरी आफ्नो छोटो लिंगलाई चित्तबुझ्दो लामो बनाएका छन् । यो भनेको विश्वमा भएका लिंग लामो पार्ने  शल्यक्रिया मध्ये १८ प्रतिशत जर्मनीमा भएका छन् ।

लिंगो लामो पार्ने शल्यक्रिया गर्ने पुरुषमा दोश्रो स्थानमा भेनेजुयला रहेको छ । सन् २०१३ मा भेनेजुयलाका ४ सय ४७ जना पुरुषले सर्जरी गरेर आफ्नो लिंग लम्बाएका छन् । 

तेश्रो स्थानमा रहेको स्पेनका ४ सय ७१ जनाले लिंग लम्बाएका छन् । त्यस्तै मेक्सिकोमा २ सय ९५ जना, कोलम्बियामा २ सय ६६ जना, इटालीका २ सय ५६ जना तथा ब्राजिलका २ सय १९ जनाले लिंग लम्बाउने शल्यक्रिया गराएका छन् ।

सबै प्रकारका सर्जरी गर्ने मामिलामा अमेरिकीहरु पहिलो स्थानमा रहेका भए पनि लिंग लम्बाउने सर्जरीमा भने अमेरिकी पुरुषहरु तल रहेछन् । सन् २०१३ मा ६१ जना अमेरिकी पुरुषले मात्र आफ्नो लिंग लामो पार्न सर्जरी गरेका छन् । अर्जेन्टिनाका ७३ र इरानका १२ जना पुरुषले पनि लिंग लम्बाउने शल्यक्रिया गरेका छन् ।

जर्मनीको युरोलोजी तथा प्लास्टिक सर्जरी केन्द्रले यस्तो खालको सर्जरीका लागि ७ हजार ६ सय पाउण्ड बराबर रकम खर्च लाग्ने बताएको छ । उसका अनुसार यस्तो सर्जरीबाट पुरुषको लिंगको लम्बाइ ६ सेन्टिमिटर तथा गोलाई ३ सेन्टिमिटर सम्म बढाइएको छ ।

0 comments

Write Down Your Responses

भिडियो हेर्न बक्समा क्लीक गर्नुहोला

Powered by Blogger.

Contributors